घरेलु तथा साना उद्योग कार्यालय बझाङ द्वारा १५ दिने डल कुसुम बनाउने र १० दिने मिनी टिलर मर्मत तालिम सुरु

Image
Nisarga Hospital

घरेलु तथा साना उद्योग कार्यालय बझाङद्धारा १५ दिने डल कुसुम बनाउने र १० दिने मिनीटिलर मर्मत तालिम सुरु भएको छ । आइतवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०८१ ८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रदान गरिएको मिनीटिलर मर्मत तालिममा जिल्ला भरीका कृषक तथा उद्यमीहरूको उपस्थिति रहेको छ भने डलगुडिया मर्मतमा नगरपालिका भित्रका महिलाहरूको उपस्थिति रहेको छ ।

CP Hospital Dhangadhi

तालिमको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले कृषकहरूलाई खनजोतको लागि सहज गराउन विभिन्न ठाउँ बाट हाते ट्याक्टर वितरण गरिरहेको जानकारी गराउदै यसको सहि समयमा मर्मत र स्याहार नहुँदा छिट्टै प्रयोगहिन हुने अवस्थामा पुग्ने गरेको बताउनु भयो । सानो मर्मतका लागि बजारसम्म ल्याई पुर्‍याउदा कृषकहरूलाई घाटा हुन पुग्यो त्यसैले गाँउगाँउमा नै ट्याक्टर मर्मत गर्न सक्ने व्यक्ति तयार गरीन लागेकाले तालिमको सदुपयोग गरी सिप सिक्न उहाँले अनुरोध गर्नुभयो ।

साथै कुनै पनि काम गर्दा जोस, जाँगर र मेहनत आवश्यक पर्ने भएकाले मेहनतका साथ तालिममा सिकेको सिपलाई व्यवहारमा उतारे महिलाहरू आत्मनिर्भर बन्न सकिने पनि बोहराको भनाइ थियो । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लामा नै प्रशिक्षक उत्पादन गरेको देख्दा खुसी समेत व्यक्त गर्नुभयो ।

nawajiwan
Attariya Hospital

कार्यक्रमको समापन गदै कार्यालय प्रमुख मान बहादुर धामीले कृषकको माग र आवश्यकताका आधारमा हाते ट्याक्टर मर्मत र डलकुसुम बनाउने तालिम राखिएको भन्दैे सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो । नोकरीको समयावधि सकिने भए पनि सिकेको सिपलाइ हस्तान्तरण गर्न सकिने भएकाले सिप विकास स्वरोजगार बन्न सहयोग गर्ने भन्दै सिप सिकेर व्यावसायिक र रोजगार बन्न अनुरोध गर्नुभयो ।

कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता दशरथ जर्पेलले गर्नुभएको थियो । डल गुडियाको प्रशिक्षण जुनु रसाइलीले दिदै हुनुहुन्छ भने मिनीटिलर मर्मत सम्बनिध सुनील खड्ककाले प्रशिक्षण दिदै हुनुहुन्छ ।