पुटिनसँग ट्रम्पको फोन बार्ताः ट्रम्पले पुटिनसँग छिट्टै भेटको आशा व्यक्त !

Image
Nisarga Hospital

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग निकट भविष्यमा भेट हुने आशा व्यक्त गरेका छन्। युक्रेन युद्ध अन्त्यका विषयमा हालै सम्पन्न फोन वार्तापछि साउदी अरेबियामा पुटिनसँग सम्भावित भेटबारे उनले संकेत गरेका हुन्।

CP Hospital Dhangadhi

क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभका अनुसार ट्रम्प र पुटिनबीच भएको संवादमा दुवै नेताले एकअर्काको देश भ्रमण गर्ने इच्छा पनि व्यक्त गरेका छन्। यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी समकक्षीसँग झण्डै एक घण्टा लामो वार्ता भएको बताएका छन्।

Attariya Hospital

तीन वर्षअघि रुसले युक्रेनमाथि पूर्णसामरिक आक्रमण गर्दै हजारौं वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो। यो युद्धका कारण हजारौंले ज्यान गुमाइसकेका छन्, जसमा धेरैजसो सैनिक रहेका छन्।

nawajiwan