वडा स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न

Image
Nisarga Hospital

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा आयोजित वडा स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
वडा कार्यालयले आयोजना गरेको हाजिर जवाफ प्रतियोगिता आज जनप्रिय माध्यामिक विद्यालयमा बगडगाउँमा सम्पन्न भएको हो ।
प्रतियोगितामा वडा भित्रका विभिन्न विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

प्रतियोगितामा जनप्रिय माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै द्वितीय स्थान रोजग्लोरी र्बोडिङ स्कुलले हासिले गरेका छ, भने तृतीय जयपृथ्वी आधारभुत विद्यालय भएको वडाध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए ।

Attariya Hospital

प्रतियोगितमा प्रथम द्धितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयका सहभागि विद्यार्थीलाई नगद पुरस्कार सहित मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

nawajiwan

जनप्रियका प्रधानाध्यापक पदम बहादुर खड्काको अध्यक्षतामा भएको कार्याक्रममा प्रमुख अतिथि वडाध्यक्ष सिंह रहनुभएको थियो । प्रमुख अतिथि सिंहले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको बौद्धिक विकास र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने भएकाले आयोजना गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
वडाका जनप्रतिनिधि ,पालिका प्रतिनिधि हरिलाल भट्टराई, विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिले प्रतियोगितालाई अझ रोचक बनाएको थियो।