
डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत अवस्थामा फेला परेका छन्।

उनी अमरगढी नगरपालिका-२, कुस्माली भन्ने ठाउँमा आज (शनिबार) दिउँसो मृत भेटिएका हुन्।
अमरगढी नगरपालिका-२, भेल घर भएका जोशी फागुन १ गतेदेखि सम्पर्कविहीन थिए।




जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार जोशी मृत फेला परेका हुन्। प्रहरी घटनास्थलमा पुगेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।


































