बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना, दुई घाइते

Image
Nisarga Hospital

नेपालगञ्ज भ्रमणका लागि गइरहेको बाजुराका विद्यार्थीहरू बोकेको बस आइतबार बेलुका कर्णाली राजमार्गमा दुर्घटनाग्रस्त भएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस सुर्खेतको बराहताल गाउँपालिका-५, आपखोलीमा स्टेरिङ फेल भएर राजमार्गबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ।

उक्त बस बाजुरा जिल्लाको भानुदय विद्यालयका २६ जना विद्यार्थी बोकेर नेपालगञ्ज भ्रमणका लागि गइरहेको थियो। दुर्घटनामा परी १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय घाइते भएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते विद्यार्थीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत लगिएको छ। जैशीको दुबै हात, खुट्टा र ढाडमा चोट लागेको छ भने उपाध्यायको छातीमा चोट लागेको छ। अन्य विद्यार्थीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Dhnagadhi & Krishanapur