
टोरन्टोः क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा डेल्टा एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ। बिबिसीका अनुसार घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

अमेरिकाको मिनेसोटाबाट टोरन्टो आउँदै गरेको डेल्टा फ्लाइटमा ८० जना यात्रु सवार थिए। अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार सबै यात्रु सकुशल उद्धार गरिएको छ। विमान दुर्घटनापछि तत्कालै अग्नि नियन्त्रण टोलीले आगो निभाएको थियो। दुर्घटनाका बेला केही यात्रु विमानबाट बाहिर निस्किरहेको देखिएको थियो।

क्यानडाका यातायातमन्त्री अनीता आनन्दले घटनालाई गम्भीर रूपमा निगरानी गरिरहेको बताएकी छन्। हालसम्म दुर्घटनाको थप विवरण आउन बाँकी रहे पनि अधिकांश यात्रुहरू सुरक्षित रहेको उनले जानकारी दिएकी छन्।
































