बाजुरामा सुन्तला खेतीबाट पारू रोकायाको सफलता

Image
Nisarga Hospital

बाजुराः बाजुराको गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएकी छन्। सधैँ अन्नबाली लगाउने जमिनमा सुन्तला खेती सुरु गरेपछि उनलाई आर्थिक फाइदा भएको हो।

CP Hospital Dhangadhi

पारू रोकायाले भने, “पहिला अन्नबाली लगाउँदा पेट पाल्नै कठिन थियो, तर अहिले सुन्तला बेचेर वार्षिक दुई देखि चार लाख रुपैयाँ आम्दानी हुन थालेको छ।”

२०७४ सालमा उनले पाँच रोपनी जमिनमा सुन्तला खेती शुरु गरेकी थिइन्। गाउँमा अन्नबालीको खेतीसँग राम्रो फाइदा नपाएको कारण उनले सुन्तला खेतीलाई प्राथमिकता दिइन्। गौमूल गाउँपालिकाले एक सय र अन्य नौ सय बोट खरिद गरेर पाँच रोपनी जमिनमा लगाएको सुन्तला अहिले राम्रो फल दिन थालेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनका श्रीमान्, जो पहिले भारतमा काम खोज्न जान्थे, अहिले सुन्तला बिक्रीमा व्यस्त छन्। यस खेतीबाट उनले छोराछोरीलाई राम्रो शिक्षा पनि दिइरहेकी छन्। सुन्तला बिक्रीबाट राम्रो आम्दानी भएपछि पारूले गाउँका बाँझो जमिनमा समेत सुन्तला खेती गर्ने तयारी गरेको बताइन्।

पछिल्लो समय बाजुराका विभिन्न पालिकामा सुन्तला उत्पादन बढेको छ र कृषि ज्ञान केन्द्र बाजुराले यसको बजारीकरणका लागि ढुवानी अनुदानको व्यवस्था गरेको छ।

Dhnagadhi & Krishanapur