भारतको किट कलेजबाट निकालिएका ९६ नेपाली विद्यार्थी वीरगन्ज हुँदै घर फर्किए

Image
Nisarga Hospital

भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९६ नेपाली विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट स्वदेश फर्किएका छन्। पर्साका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार वीरगन्ज नाका हुँदै सबै विद्यार्थीहरू घर फर्किसकेका छन्, जसमा करिब ८० प्रतिशत पर्साकै रहेका छन्।

CP Hospital Dhangadhi

फर्किएकामध्ये केही विद्यार्थी बारा, रौतहट, मकवानपुर लगायतका अन्य जिल्लाका रहेका छन्, जो आफ्नै हिसाबले घरतर्फ लागेका छन्। वीरगन्जको शंकराचार्य गेटमा आएका विद्यार्थीहरूलाई स्थानीय साउथ जोन स्कुलले दुईवटा स्कुल बसको सहयोगमा सिमरा पुर्‍याएको छ।

प्रकृति लम्सालको मृत्युपछि विद्यार्थीमाथि दमन

nawajiwan
Attariya Hospital

नेपाल फर्किएका विद्यार्थीहरूले कलेज प्रशासनले उनीहरूलाई अन्यायपूर्ण रूपमा होस्टेलबाट निकालेको गुनासो गरेका छन्। उनीहरूको अनुसार नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा आवाज उठाउँदा कलेज प्रशासनले गुन्डा र सुरक्षागार्ड परिचालन गरेर विद्यार्थीहरूलाई कुटपिट गर्दै होस्टेलबाट निकालेको थियो।

विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनको यस्तो व्यवहारप्रति नेपाल सरकार र सम्बन्धित निकायले चासो देखाउनु पर्ने माग राखेका छन्।