बाजुरा बुढीगंगामा दुई समुह बीच झडप, एक जनाको मृत्यु

Image
Nisarga Hospital

बाजुरा : बाजुरा बुढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

मृत्यू हुनेमा बुढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीया रणबहादुर थापा रहेका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराका अनुसार बिहिबार राति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो झडप भएको थियो । झडपमा रण बहादुर थापा घाईते भएका थिए ।

थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोहराले बताएका छन । सुचना अधिकारी बोहराका अनुसार आरोपीत ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ७ का वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Dhnagadhi & Krishanapur