कञ्चनपुरमा नक्कली परीक्षार्थीसहित तीन जना पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जनालाई पक्राउ गरिएको छ। शनिबार यातायात व्यवस्था कार्यालय कञ्चनपुरले लिएको परीक्षामा अरुको नाममा परीक्षा दिने र दिन लगाउने कार्यमा संलग्न रहेकाले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट–५ का अस्मित डगौरा रहेका छन्। साथै, परीक्षामा फर्जी हाजिर गराउने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई समेत पक्राउ गरिएको उनले बताए।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टका अनुसार पक्राउ परेकाहरूले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएका थिए। प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको भट्टले जानकारी दिए।

सूचना अधिकारी जोशीका अनुसार पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ। उनले भने, “अनुसन्धान सकिएपछि मात्रै कुन शीर्षकमा मुद्दा चलाउने भन्ने निर्णय लिनेछौं।”

# ट्रेण्डिङ