
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य संघ कञ्चनपुरले विशेष सम्मान गरेको छ।

महेन्द्रनगरमा आयोजित १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला, सम्मानपत्र र नगद रु ५१ हजार प्रदान गर्दै ऐरीको उपलब्धिको कदर गरेका हुन्।

सम्मान अघि ऐरीलाई रथमा राखी महेन्द्रनगर बजार परिक्रमा गराइएको थियो। मन्त्री भण्डारीले ऐरीको अन्तर्राष्ट्रिय पहिचान र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा नयाँ विश्व कीर्तिमान कायम गर्न शुभकामना व्यक्त गरे।




























