महाशिवरात्रिमा बैतडीको पाताल भुवनेश्वर धाममा धार्मिक प्रवचन सम्पन्न

Image
Nisarga Hospital

महाशिवरात्रिको अवसरमा बैतडीको पाताल भुवनेश्वर धाममा धार्मिक प्रवचन सम्पन्न भएको छ। सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा हरेक वर्ष महाशिवरात्रिमा ठूलो मेला लाग्ने गर्छ। सोही अवसरमा धार्मिक प्रवचनको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गणेशबहादुर बिष्टले जानकारी दिए।

CP Hospital Dhangadhi
Attariya Hospital

गएको असोजदेखि पाताल भुवनेश्वर धाम परिसरमा तपस्यामा रहेकी गुरुआमाले प्रवचन दिएको बिष्टले बताए। भारतको सिक्किम घर भएकी बाल तपस्वी असोज महिनादेखि पाताल भुवनेश्वर धाममा तपस्यारत रहेकी छन्। उनी २७ महिनासम्म त्यहीँ रहने बताइएको छ।

nawajiwan