ज्योतिषिका अनुसार आजका लागि यी ८ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् फागुन महिनाको १६ गते शुक्रबार दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १६ फाल्गुण २०८१ शुक्रवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन हुनेछ। पहिला गरिएका कार्यबाट राम्रो आम्दानी मिल्नेछ। नयाँ काम थालनी हुनेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हजुरको कर्मठता मानसम्मान दिलाउनुमा सहायक हुनेछ। शिक्षाको क्षेत्रमा पदोन्नतिका योग छन्। दिगो कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापारिक नयाँ अनुबन्ध मिल्नाले मन प्रसन्न रहनेछ। प्रेमको बन्धन कसिनेछ। व्यापार व्यवसायको लागि रमाइलो यात्रा हुन सक्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कामको मेसो नमिल्दा व्यवहारमा पछाडि पर्नुहोला। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहसिक कार्य गर्ने समय रहेको छ। आलस्य गर्नदेखि बच्नुहोस्। नोकरी वा राजनीतिक क्षेत्रमा विशेष लाभ प्राप्त हुनेछ। घरायसी जिम्मेवारी बढ्नाले धन खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूको बौद्धिक स्तरको विकास हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कृषि र पशुपालनबाट मनग्य धन लाभ हुनेछ। सञ्चित धन उपयोग गरी नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ। आवश्यक परेको भौतिक सुख सुविधा जुटाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आध्यात्मिक चेतना जगाउनमा गुरुजनहरू सहायक रहनेछन्। युवाहरू करियरलाई लिएर चिन्तित रहनुहुनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतले कार्यमा सफलता दिलाउनेछ। लगनशीलता वा धैर्यले आँटेको कार्य समयमा सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामूहिक कार्यको जिम्मेवारी एक्लै वहन गर्नुपर्ला। आलोचकहरू सक्रिय रहनेछन्। मेहनतले गर्दा गुमाएको अवसर पुनः प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफन्तहरूको सोचेजस्तो साथ सहयोग नमिल्ला। प्रयत्न गर्दा अप्ठ्यारो कार्य सम्पादन गर्नमा सफल भइनेछ। बच्चाहरूसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउनेछन्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट

Advertize US