पञ्चेश्वरमा जातीय एकताको सन्देश: विश्वकर्मा समुदाय दमाईंको मलामीमा

Image
Nisarga Hospital

पञ्चेश्वर गाउँपालिका–४, उज्वल गाउँमा दलित समुदायभित्र कायम रहेको जातीय विभेद हटाउने प्रयासस्वरूप विश्वकर्मा समुदायका अगुवाहरू दमाईंको शव बोकेर मलामी गएका छन्।

CP Hospital Dhangadhi

उज्वल गाउँकी कमला दमाईंको निधन भएपछि मलामी जाने मानिस नहुँदा विश्वकर्मा समुदायका वड र लोहार जाति संयुक्त रूपमा मलामीमा सहभागी भएको स्थानीय जयराम लोहारले बताए। उनका अनुसार उज्वल गाउँमा विश्वकर्मा समुदायका ६८ परिवार बसोवास गर्छन्, भने दमाईं समुदायका केवल दुई परिवार मात्र छन्।

Attariya Hospital

“पुरानो कुसंस्कार हटाउनुपर्छ भनेर संयुक्त मलामी गएका हौं,” लोहारले भने। “केही वर्षअघि यहाँ विश्वकर्माले दमाईंको शव बोकेर मलामी जाने चलन थिएन, तर अहिले यस्तो विभेद हट्दै गएको छ। कुसंस्कार अन्त्य गर्न सबै मिलेर लाग्नुपर्छ।”

nawajiwan

स्थानीयस्तरमा भएको यस कदमलाई सामाजिक सहिष्णुता र जातीय एकताको दृष्टिले महत्वपूर्ण मानिएको छ।

Advertize US