तारा सिं धामीको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीको सर्वसम्मत कमिटी चयन

Image
Nisarga Hospital

डोटी: नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीको १४ औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
जोरायल गाउँपालिका–२ बुडरस्थित रामपुर माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले तारा सिं धामीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

CP Hospital Dhangadhi

समितिको उपाध्यक्षमा केशब राज ओझा, महिला उपाध्यक्षमा जाल्पा शाह, सचिवमा क्षेत्र बहादुर खड्का, कोषाध्यक्षमा दत्तराम भट्ट र सह-कोषाध्यक्षमा रश्मि चन्द शाही चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा ममता कुमारी टमटा, भोज बहादुर थापा, खगेन्द्र प्रसाद ओझा, प्रकाश बहादुर बोहरा, वीर बहादुर भण्डारी र नौमती खत्री चयन भएका छन्।

nawajiwan
Attariya Hospital

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भागरथी धामी खड्का, पदमराज उपाध्याय र गणेश बहादुर कठायत छनौट भएका छन्।

यता प्रदेश अधिवेशन प्रतिनिधिमा राम बहादुर मन्नी, भुवन कुमारी बम मल्ल, प्रेम बहादुर बोगटी, उत्तम बहादुर चन्द, राजन लुइँटेल, यादव खड्का र मिना देवी ओली छनौट भएका छन् ।

# ट्रेण्डिङ