युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भनाभन, बैठक तनावपूर्ण

Image
Nisarga Hospital

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भनाभनपछि ह्वाइट हाउसबाट बाहिरिएका छन्। जेलेन्स्की महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौताका लागि ह्वाइट हाउस पुगेका थिए, तर ट्रम्पले तेस्रो विश्व युद्धको सम्भावना बढ्ने चेतावनी दिँदै रुससँगको युद्धमा अमेरिकाले सहयोग नगरे दुई सातामै युद्ध समाप्त हुने टिप्पणी गरेपछि बैठक तनावपूर्ण बनेको थियो।

CP Hospital Dhangadhi

ट्रम्पको भनाइपछि दुई नेताबीच विवाद उत्पन्न भयो, जसपछि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न आग्रह गरे। बैठकका क्रममा जेलेन्स्कीले युक्रेन कुनै पनि हालतमा रुससँग सम्झौता नगर्ने र अमेरिका-युक्रेन सम्बन्ध राष्ट्रपतिको तहभन्दा माथि रहेको बताएका थिए।

Attariya Hospital

बैठकपछि हुने तय भएको पत्रकार सम्मेलन अचानक रद्द गरियो। डेमोक्र्याट नेताहरूले ट्रम्पको व्यवहारलाई लज्जास्पद भन्दै आलोचना गरेका छन्। यो घटनाले अमेरिका-युक्रेन सम्बन्धमा थप जटिलता ल्याउने आँकलन गरिएको छ।

nawajiwan

# ट्रेण्डिङ