बैतडीमा लेनदेन विवादमा गोली प्रहार, एक घाइते

Image
Nisarga Hospital

बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ। राति ८ बजे गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा भएको घटनामा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका छन्।

CP Hospital Dhangadhi

प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टले सुरेन्द्रमाथि गोली प्रहार गरेका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार, लेनदेनको विवादका कारण कर्णबहादुरले गोली चलाएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Attariya Hospital

घाइते सुरेन्द्र विष्टलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।

nawajiwan
Advertize US