कञ्चनपुरमा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर जडान सुरु

Image
Nisarga Hospital

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावरबाट प्रभावित क्षेत्रहरूमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ। कुल ५.८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान गर्ने योजना रहेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीका अनुसार जङ्गली जनावरको समस्या बढी रहेका वडा नम्बर ८ र १२ मा मेसवायर जडान कार्य भइरहेको छ। यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले लागत साझेदारी गरी परियोजना अघि बढाएका छन्। प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी कुल रु १ करोड ५० लाखको बजेटमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता गरिएको छ।

हालसम्म दुबै वडामा गरी ५१ प्रतिशत काम सम्पन्न भइसकेको छ। वडा नम्बर १२ मा कुण्डा टोलदेखि कालागौँडीसम्म २,९०० मिटर र वडा नम्बर ८ मा वडा कार्यालयदेखि दक्षिणतर्फ २,९०० मिटर मेसवायर जडान गरिँदैछ। वडा नम्बर १२ मा करिब ६० प्रतिशत अर्थात् २ किलोमिटर जडान भइसकेको छ भने ९०० मिटर कार्य बाँकी छ। वडा नम्बर ८ मा १ किलोमिटर मेसवायर जडान सकिएको र १,९०० मिटर बाँकी रहेको जनाइएको छ। आगामी दुई महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

nawajiwan

स्थानीय बासिन्दा गेंदुराम रानाका अनुसार हात्ती, निलगाई, चित्तल, बँदेललगायत जङ्गली जनावरहरूले खेती नष्ट गर्ने समस्याले किसानहरू पीडित छन्। मेसवायर जडान भएपछि समस्या समाधान हुने विश्वास गरिएको छ। वडा नम्बर १२ का वडाध्यक्ष नवलसिंह रानाले हात्तीका कारण बालीनालीमा ठूलो क्षति हुँदै आएकाले मेसवायर जडान आवश्यक रहेको बताए।

Attariya Hospital

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको नगरपालिकामा हिंस्रक जनावरको जोखिम उच्च रहेको छ। मेसवायर जडानले हात्ती, बाघ, चितुवा लगायतका जनावरबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्ने अपेक्षा गरिएको छ। वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराका अनुसार हात्ती र बँदेलका कारण किसानहरू हैरान भइरहेकाले समाधानका लागि यो पहल गरिएको हो।

यसअघि, नगरपालिकाले जनावरहरूलाई बस्तीमा छिर्न रोक्न साइरन र उज्यालो बत्ती जडान गरिसकेको छ। वडा नम्बर ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा मेसवायर जडान गरिएको थियो भने वडा नम्बर ५, ४, ३, २, र १ मा मेसवायर जडानका लागि प्रक्रिया अघि बढाइएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग उत्तर, दक्षिण, पश्चिमतर्फ तथा लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वनसँग पूर्वतर्फ सिमाना जोडिएको नगरपालिकामा जङ्गली जनावरको समस्या चर्किंदै गएको छ।

Advertize US