सुदूरपश्चिम सेवा समाज मुम्बईद्वारा सातौं वार्षिक उत्सव तथा सांस्कृतिक धमाका आयोजना हुदै

Image
Nisarga Hospital

मुम्बई: सुदूरपश्चिम सेवा समाज मुम्बईले आगामी चैत ३ गते (मार्च १६, २०२५) आइतबारका दिन भि.पि.एम कलेज, मिठाघर रोड, मुलुन्ड इस्टमा सातौं वार्षिक उत्सव तथा सांस्कृतिक धमाकाको आयोजना गर्न लागेको छ।

CP Hospital Dhangadhi

साथै, अर्को दिन चैत ४ गते (मार्च १७, २०२५) पश्चिम मुम्बईको मिरारोडमा पनि बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ।यस विशेष अवसरमा सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर प्रमुख आतिथिका रूपमा उपस्थित रहनेछिन् भने चर्चित गायिका टीका सानु लगायत विभिन्न कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

nawajiwan

Attariya Hospital

यसैगरी, नेपाली युवा क्लब मुम्बईद्वारा आयोजित तेस्रो कार्यक्रममा पनि लक्ष्मी बोगटी कुँवर प्रमुख आतिथिका रूपमा सहभागी हुँदै विभिन्न कलाकारहरूसँग सांस्कृतिक प्रस्तुति दिनेछिन्।

कार्यक्रममा उनले समाजसेवा, सहयोगी हातहरू जुटाउने प्रयास तथा भविष्यका योजनाहरूबारे जानकारी दिने बताइएको छ।सुदूरपश्चिम सेवा समाज मुम्बईले मुम्बईमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।