ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् फागुन महिनाको २८ गते बुधबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २८ फाल्गुण २०८१ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसाय मनग्य लाभ रहनेछ। सन्तानको प्रगतिले मन हर्षित रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ निवेशले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभावले बिगरिएको काम सिद्ध गर्न सकिनेछ। पैसाको लेनदेनमा ध्यान राख्नुहोस्। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। शेयर बजारबाट मनग्य लाभ मिल्ला। अवसरवादीहरूले कार्यक्षेत्रमा अवरोध पुर्‍याउन सक्लान्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा छोटो प्रयत्नले पनि दिगो लाभ हुनेछ। उद्योग व्यापारमा फाइदा उठाउन सकिएला। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) इष्टमित्रहरूबाट रोकिएको कार्य प्रारम्भ हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। दाम्पत्य जीवन सुखमय रहनेछ। युवा वर्गहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ होला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

बृष

Attariya Hospital

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारमा पुराना कुरालाई लिएर मनमुटाव रहन सक्ला। आर्थिक अवस्था सामान्य रहनेछ। नयाँ कार्यको सुरुवातको लागि उचित समयको प्रतिक्षा गर्नुहोस्। अरुको झैँ झगडामा अगाडि नबढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सञ्चित धनमा वृद्धि हुनुको साथै प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ कामको थालनीको लागि समय उपयुक्त रहेको छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस्। अवसरको फाइदा नउठाउँदा व्यवहारमा पछि पर्न सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोस्। व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्यको कमीले बनेको कार्य बिग्रिन सक्ला। कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। पेट दुख्ने समस्याले सताउन सक्छ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

हाम्रो पात्रो बाट