शैक्षिकसत्र २०८१ काे सिगास गाउँपालिकास्तरीय वार्षिक परीक्षाको तयारी पूरा

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिकामा चैत २ गतेबाट सञ्चालन हुने सिगास गाउँपालिकास्तरीय वार्षिक परीक्षाको तयारी पूरा भएको छ । वार्षिक परीक्षामा ५८ वटा सामुदायिक विद्यालयका बालविकास देखि कक्षा ९ सम्मका विद्यार्थी सहभागी हुने भएका छन ।

CP Hospital Dhangadhi

गाउँपालिकाले ५८ वटै विद्यालयमा फागुन २५ गते भित्र नै सबै कक्षाका प्रश्नपत्र, कक्षा ८ का लागी उत्तरपुस्तिका, ग्राफ कापी लगायत आवश्यक पर्ने परीक्षा सामग्री सबै विद्यालयहरुमा पठाइ सकिएको सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ।

चैत २ गतेबाट सञ्चालन हुने सिगास गाउँपालिकास्तरीय वार्षिक परीक्षा चैत १० गते सम्पन्न हुने शिक्षा अधिकृत भट्टले जानकारी दिए । उहाँका अनुसार प्रत्येक विद्यालयका प्रधानाध्यापकहरुलाई केन्द्राध्यक्षकाे जिम्मेवारी दिइएको छ । केन्द्राध्यक्षले ताेकिएकाे समयमा परीक्षा सञ्चालन तथा सम्पन्न गर्नुपर्ने, परीक्षा सभ्य, भव्य र मर्यादित रुपले सम्पन्न गर्नुपर्ने, परीक्षाको नतिजा गाउँपालिका भरी २० गते एकै मितिमा प्रकाशित गर्नुपर्ने लगायतका अन्य निर्देशन समेत दिनुभएको छ ।

nawajiwan
Attariya Hospital

यसैबिच कक्षा १ देखि ९ सम्म‌ हुने सिगास गाउँपालिकास्तरीय वार्षिक परीक्षामा सम्पूर्ण परीक्षार्थी विद्यार्थीलाई हतोत्साहित नभइ हतार नगरेर आफूले जानेका बुझेका कुराहरु लेख्न सिगास गाउँपालिकाका शिक्षा अधिकृत भट्टले आग्रह गर्नुभएको छ । यसैबिच उहाले परीक्षा पूर्ण सफलताको शुभकामना व्यक्त समेत गर्नुभएको छ ।

हेर्नुहोस् परीक्षा समयतालिका: