महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, यस्तो छ कारण

Image
Nisarga Hospital

कञ्चनपुरको महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । चैत्र पाँच गते हुने स्ववियु निर्वाचनको पक्रिया अगाडी बढाउन नसक्दा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको हो ।

CP Hospital Dhangadhi

क्याम्पसले बिहिबार एक सूचना जारी गर्दे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया तत्कालका लागी स्थगित गरिएको जनाएको छ । क्याम्पस प्रमुख डा।गजराज दमाईद्धारा हस्ताक्षरित विज्ञप्तिमा–‘ निर्वाचन अधिकृत नरेन्द्रसिंह खत्रीले धम्कीका कारणले असुरक्षित महसुस गरेर पदबाट राजीनामा दिएको र खत्रीको ठाउँमा अर्को निर्वाचन अधिकृतको जिम्मेवारी लिन कोही तयार नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन असहज भएको उल्लेख छ ।’

Attariya Hospital

सूचनामा स्ववियु निर्वाचन अधिकृतका लागी अर्को व्यक्ति समेत तयार नहुँदा निर्वाचन स्थगित गर्नुपरेको उल्लेख छ । ‘हाललाई अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ ।

nawajiwan
Advertize US