ट्रम्प-पुटिन वार्ता:युद्ध अन्त्यको सम्भावना सँगै उपलब्धिमूलक भएको ट्रम्पको दाबी

Image
Nisarga Hospital

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता राम्रो र उपलब्धिमूलक भएको बताएका छन्। पुटिन र अमेरिकी दूत स्टिम विटकोभबीच भएको वार्तापछि ट्रम्पले आफ्नो प्रतिक्रिया दिएका हुन्।

CP Hospital Dhangadhi

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले डरलाग्दो र रक्तपातपूर्ण युद्धको सम्भावनाबारे छलफल भएको बताएका छन्। यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिन वार्ताबाट भाग्न खोजिरहेको आरोप लगाएका छन्। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युद्धविराम प्रक्रियामा रुसले कुनै खेल खेल्न नहुने बताएका छन्।

यसअघि नै साताको सुरुवातमा युक्रेनले अमेरिकाले प्रस्ताव गरेको युद्धविरामलाई स्वीकार गरिसकेको छ, तर रुसले औपचारिक रूपमा सहमति जनाइसकेको छैन।

nawajiwan
Attariya Hospital

रुसी राष्ट्रपति पुटिनले आफू वार्ताका लागि सकारात्मक भए पनि केही अप्ठ्यारो अवस्था रहेको बताएका छन्। तर, जेलेन्स्कीले बारम्बार पुटिनले जटिल शर्तहरू राखेर वार्ताबाट पछि हट्ने रणनीति अपनाइरहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री स्टेइमरले पनि पुटिन वार्तामा गम्भीर नभएको आरोप लगाउँदै लन्डन सम्मेलनमा तय गरिएझैं शान्ति प्रक्रियामा सबै पक्षले चासो दिनुपर्ने बताएका छन्। स्टेइमरले रुस टेबलमा आए आफूहरू युद्धविरामको अनुगमन गर्न तयार रहेको बताएका छन्। साथै, उनले पुटिन युद्धमै केन्द्रित भएकाले उनलाई मनाउन ट्रम्प सफल हुनेमा आशा व्यक्त गरेका छन्।