
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बीबीसीका अनुसार, ट्रम्प प्रशासनले उक्त संस्था ट्रम्प विरोधी र उग्र गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ।

ट्याक्सबाट सञ्चालित संस्थाहरू कट्टरपन्थी प्रचारका लागि प्रयोग हुनु अनुचित भएको ट्रम्प प्रशासनको भनाइ छ।

दोस्रो विश्वयुद्धको समयमा सन् १९४२ मा अमेरिकाले रेडियो सेवामार्फत भ्वाइस अफ अमेरिकाको स्थापना गरेको थियो। हाल उक्त संस्थामा कार्यरत १,३०० कर्मचारीलाई काज बिदामा पठाइएको भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले जानकारी दिएका छन्।

































