डडेल्धुरामा तीन दिदीबहिनी आमाको किरियामा, समाजमा नयाँ दृष्टान्त

Image
Nisarga Hospital

डडेल्धुराको परशुराम नगरपालिका–६, तातापानी माइतीघर भएकी रोहिता कठायत, दुरा थापा र मानमती कार्कीले आफ्नी दिवंगत आमा राधादेवी खड्काको किरिया बसेर समाजमा उदाहरणीय काम गरेका छन्।

CP Hospital Dhangadhi

७९ वर्षीय अपांग बाबु खड्कसिंहका छोरा नभएकाले किरिया बस्ने जिम्मेवारी छोरीहरूले सम्हालेका हुन्। मृत्युअघि नै आमाले छोरीहरूले किरिया गरिदिन अनुरोध गरेकी थिइन्, जसलाई पालना गर्दै उनीहरूले परम्परागत संस्कारअनुसार किरिया विधि निर्वाह गरिरहेका छन्।

चार दिदीबहिनीमध्ये कान्छी रोहिताका अनुसार सबै दिदीबहिनी किरिया बस्न इच्छुक भए पनि जेठी दिदी बिर्मा बडुवाल महिनावारीका कारण सहभागी हुन सकिनन्। उनीहरूसँग बाजे भाइतर्फका एक जना दाइ पनि किरियामा बसेका छन्।

राधादेवीको निधनअघि छोरीहरू फागुन महिनामै माइतीघर पुगेका थिए। दश दान पूरा गरेर घर फर्किएको एक दिनमै आमाको निधनको खबर पाएपछि उनीहरू पुनः माइतीघर आएर किरियामा बसेका हुन्।

छोरीहरूले किरिया बस्न नहुने धारणा राख्ने परम्परागत सोचका बीच ब्राह्मण पुरोहितहरूले समेत ‘छोरी पनि छोरा सरह’ भन्दै किरिया बस्न सक्ने बताएपछि उनीहरू निर्धक्क भएर किरिया बसेका छन्।

यस घटनाले समाजमा नयाँ सन्देश दिएका छोरीहरूले परिवारप्रतिको दायित्व पूरा गर्न सक्षम रहेको प्रमाणित गरेको छ।

Dhnagadhi & Krishanapur