
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यसै वर्ष देशमा शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन्। उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक फोन वार्ता भएको उल्लेख गर्दै शान्ति स्थापना हुने बताएका हुन्।

ट्रम्पले जेलेन्स्कीसँगको वार्ता मुख्यतः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा केन्द्रित रहेको बताएका छन्। फोन संवादका क्रममा पुटिनले पूर्ण युद्धविराम प्रस्ताव अस्वीकार गरेको जनाइएको छ। यद्यपि, ट्रम्पले वार्ता प्रक्रिया जारी रहेको र आगामी आइतबार पुनः छलफल हुने बताएका छन्।
यसअघि, राष्ट्रपति जेलेन्स्कीले पुटिनको भाषा र शब्द वास्तविकताभन्दा अलग रहेको टिप्पणी गरेका थिए। उनले रुसले युक्रेनमाथि नयाँ आक्रमणको तयारी गरेको र ऊर्जासम्बन्धी संरचनाहरूलाई निशाना बनाएको आरोपसमेत लगाएका छन्।


रुसको रक्षा मन्त्रालयले भने कीवले आफ्नो एक तेल भण्डारण प्रणालीलाई निशाना बनाएको दाबी गरेको छ।
युद्धविरामका विषयमा नेताहरूबीच संवाद जारी रहेकाले आगामी वार्ताले शान्ति प्रक्रियामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।































