विद्युतीय धरापमा परेर हात्तीको मृत्यु प्रकरण , लालझाडीका एक जना पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुरको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली जनावर मार्न थापिएको विद्युतीय धरापमा परेर एक वयस्क भाले हात्तीको मृत्यु भएको छ। फागुन ७ गते भएको घटनामा संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीका अनुसार रानाकै खेतमा मृत हात्ती फेला परेको थियो। घटनास्थलमा विद्युतीय धरापका लागि प्रयोग गरिएको ग्याबिन तारसमेत भेटिएको थियो। हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापकै कारण मृत्यु भएको पुष्टि भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए।

पक्राउ परेका रानाले प्रारम्भिक बयानमा गहुँबाली जोगाउन तार राखिएको बताएका छन्। उनलाई मंगलबार पक्राउ गरी बुधबार जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरिएको छ।

nawajiwan
Attariya Hospital

नेपालको निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु मार्ने अपराधमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। हात्ती मृत फेला परेको स्थान लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा पर्दछ, जुन वन्यजन्तुका लागि संवेदनशील क्षेत्र मानिन्छ।