वैद्यनाथ धाम पर्यटन विकास समितिको अध्यक्षमा गोकुल भाट

Image
Nisarga Hospital

अत्तरिया : अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति भएका छन । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णयले साँफेबगर नगरपालिका ७ रिडिकोट निवासी भाटलाई अध्यक्षमा नियुक्ति गरेको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

भाटले यसअघि वैद्यनाथ क्षेत्र विकास संस्थाको सहअध्यक्ष भएर काम गरिसकेका छन । यस्तै समितिको सदस्यमा साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका लक्ष्मी शाह, पूर्णनाथ योगी, वडा नं.४ मष्टमान्डौका समुन्द्रा लुहार, वडा नं.५ नवाठानाका नैन सिंह थलारी, वडा नं.९ वुढाकोटका पुष्पराज भट्ट, चौरपाटी गाउँपालिका वडा नं.४ पायलका मोहन वोहरा, वडा नं.५ लुंग्राका पूर्ण खड्का नियुक्ति भए । समितिको कार्यकारी निर्देशकमा अहिलेका कार्यकारी भरत कुँवर नियुक्ति भएका छन् ।

नवनियुक्ति अध्यक्ष गोकुल भाटले वैद्यनाथ क्षेत्रको धार्मीक तथा पर्यटन क्षेत्रको विकासको लागि आफूले पहल गर्ने धारणा व्यक्त गरे । उनले वैद्यनाथ क्षेत्रलाई नेपालका चार धामको रुपमा चिनाउनको लागि समेत आफ्नो कार्यकालमा पहल हुने धारणा व्यक्त गरे । यस्तै उनले वुढीगंगा नदीको कटानको जोखिममा रहेको वैद्यनाथ क्षेत्रलाई बचाउनको लागि पहल गरिन बताए ।

Advertize US