
नोभेम्बर महिनामा भएको हिंसाको क्रममा लेबनान र इजरायलको बीचमा भीषण आक्रमण भएको छ। लेबनानबाट थुप्रै रकेट प्रहार भएपछि इजरायलले दक्षिणी लेबनानमा लगातार हवाई आक्रमण गरेको छ। यस आक्रमणमा सात जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहको नेतृत्व रहेको स्थानलाई लक्षित गरी आक्रमण गरेको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको जानकारी दिएको छ। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको छ।
लेबनानबाट भएको रकेट प्रहारको जिम्मेवारी कसैले पनि लिएको छैन। हिजबुल्लाहले आफ्नो संलग्नता नरहेको बताउँदै युद्ध विराममा अडिग रहने प्रतिबद्धता जाहेर गरेको छ।


इजरायली सेनाका अनुसार, पहिलो चरणको आक्रमण पछि दोस्रो चरणमा कमान्ड सेन्टर, भौतिक संरचना र हतियार केन्द्रहरू लक्षित गरिएको छ। यो आक्रमणले क्षेत्रमा तनाव बढाएको छ।
यस घटनाले लेबनान र इजरायल बीचको सीमा क्षेत्रमा पुनः युद्धको आशंका बढाएको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्ध विरामको आह्वान गर्दै दुवै पक्षलाई संयम बरत्न आग्रह गरेको छ।
































