डोटीको गहनान त्रिवेणी धाममा श्रीमद्भागवत महायज्ञ लाग्दै, उद्घाटन देउवाले गर्ने, मुख्य कथावाचक भने ऋषिकेश !

Image
Nisarga Hospital

डोटी जिल्लाको शिखर नगरपालिका-१० बानेडुग्रीसैन स्थित पवित्र गहनान तीर्थस्थल गहनान त्रिवेणी धाममा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ। चैत्र १७ देखि २५ गतेसम्म डोटी र डडेल्धुरा जिल्लाको संगमस्थल गहनान भूमिराज देवताको देवस्थलमा यो महायज्ञ हुनेछ।

CP Hospital Dhangadhi

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरले यो महायज्ञ गहनान क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताए। उनले भने, “यसले हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र र गन्तव्य स्थल बनाउन मद्दत गर्नेछ। साथै, तीर्थस्थलको महिमाको प्रचारप्रसार पनि हुनेछ।”

महायज्ञको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्नेछन्। महायज्ञको प्रमुख कथा वाचक पण्डित ऋषि केश उपाध्याय रहनेछन्।

nawajiwan
Attariya Hospital

गहनान त्रिवेणी धाम हिन्दु धर्मावलम्बीहरुको लागि महत्वपूर्ण तीर्थस्थल हो। यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई बढावा दिन यो महायज्ञ आयोजना गरिएको हो। आयोजक समितिले स्थानीय बासिन्दा, धार्मिक संस्था र सरकारी निकायहरुको सहयोगमा यो कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाएको छ।

यस महायज्ञले गहनान क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने अपेक्षा छ। साथै, यसले स्थानीय पर्यटन र आर्थिक विकासमा पनि योगदान पुग्ने आशा गरिएको छ।