पूर्व पत्रकार धामी र उनकी पत्नी एउटै विद्यालयमा शिक्षक

Image
Nisarga Hospital

बझाङ: बझाङको बुंगल नगरपालिका–२ निवासी तथा पूर्व पत्रकार मकरबहादुर धामी र उनकी पत्नी ज्ञानु कुमारी भट्ट धामीको जीवनमा एक रोचक संयोग जुटेको छ। अहिले उनीहरू एउटै विद्यालयमा कार्यरत छन्, जहाँ श्रीमती धामी प्रधानाध्यापक हुँदै शिक्षण गरिरहेकी छिन् भने श्रीमान् धामीले पनि त्यही विद्यालयमा शिक्षकको रूपमा सेवा सुरु गरेका छन्।

CP Hospital Dhangadhi

श्रीमती धामीले सन् २०७९ मा खोटाङबाट प्राथमिक तह तृतीय श्रेणीका शिक्षकको रूपमा सिफारिस पाई श्री पिपलडाँडा आधारभूत विद्यालय, दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका–१४, बुईपा) मा प्रधानाध्यापकको पद सम्हालेकी हुन्। यसैबीच, उनका पति मकरबहादुर धामीले गत वर्ष सर्लाहीबाट अन्तर्वार्तामा असफल भएपनि यस वर्ष खोटाङबाट नै प्राथमिक तह तृतीय श्रेणी शिक्षकको रूपमा सिफारिस पाई आफ्नै श्रीमतीको विद्यालयमा नियुक्ति पाएका हुन्।

Attariya Hospital

यसपछि विद्यालयले औपचारिक रूपमा श्रीमान् धामीलाई स्वागत गरेको छ। यो अनौठो संयोगले विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई पनि उत्साहित बनाएको छ। शिक्षा क्षेत्रमा दम्पती एकै विद्यालयमा शिक्षण सेवा प्रदान गर्न पाउनु दुर्लभ मानिन्छ। उनीहरूले साझा प्रयासले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा समुदायले गरेको छ।

nawajiwan