ज्योतिषिका अनुसार आजका लागि ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् चैत्र महिनाको १२ गते मङ्गलबारको दैनिक राशिफल

Image
Nisarga Hospital

१२ चैत, २०८१ – मंगलवार – आजको राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अड्किएका मामलाहरू सुल्झिनेछन्। शत्रुहरू पराजित हुनेछन्। प्रशासनिक क्षेत्रबाट लाभ उठाउन सकिएला। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनको कुरा आफन्तहरुलाई भन्नुहोस् कार्य सजिलै सम्पादन हुनेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। जीवनसाथीको साथ र सहयोग पाइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचेको कार्यलाई क्रियान्वित गर्ने समय रहेको छ। नयाँ निर्णय लिन सजिलो हुनेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको कार्य सम्पादन गर्न सकिनेछ। कार्यक्षेत्रमा शत्रुहरू बढ्नेछन्। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग विचार विमर्श गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक संघसंस्थामा जुड्ने अवसर मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा सहयोगीहरूको वैचारिक मतभेद सुल्झिनाले नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) युवा वर्गहरूलाई करियरलाई लिएर राम्रो प्रस्ताव मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानबाट सुख मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्न सक्ला। सामाजिक प्रतिस्पर्धा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा सोचविचार गरेर आफ्नो कुरा राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तारिफ योग्य कामले गर्दा समाजमा प्रतिष्ठा बनाउन सक्नुहुनेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग मिल्ला। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक कार्यमा धन खर्च हुनेछ। प्रियजनहरूबाट उपहार मिल्नाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा इष्टमित्रहरूको सहयोग मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मित्रता वा प्रेमको बन्धन कसिनेछ। योजना बनाएर कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ। आस मरेको काम बन्नाले नयाँ काम गर्न उत्साह जाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट