ज्योतिषिका अनुसार आजका लागि ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् चैत्र महिनाको १५ गते शुक्रबारको दैनिक राशिफल

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

आज – १५ चैत्र २०८१ शुक्रवार को राशिफल

मेष

nawajiwan

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अनुभवले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। राजकीय मामिलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्ध सबल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरानो कुरालाई लिएर दाम्पत्य जीवनमा वादविवाद रहला। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारबाट लाभ प्राप्त होला। नोकरी वा पेशामा साथीहरूको साथ पाइनेछ। भविष्यको लागि नयाँ योजनाहरू कोरिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसरहरू दिलाउनेछ। सन्तानको प्रगतिलाई देखेर मन प्रसन्न रहनेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग गाढा सेतो हो भने शुभ अंक १ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धैर्य र पराक्रममा वृद्धि हुनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठा बढ्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। नयाँ कार्य तर्फ आकर्षित भइनेछ। स्वास्थ्य अनुकूल रहनेछ आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समयमा कार्य सम्पादन नहुनाले हानि नोक्सानी खेप्नु पर्ला। व्यापार व्यवसायमा पिताद्वारा सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएको कार्यसम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि माननीयजनहरूबाट सल्लाह लिनुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामूहिक कार्यमा सबैको सल्लाह लिएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यमा खानपिनमा सजगता अपनाउनुहोस्। व्यर्थको वादविवादमा समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। जमीन जग्गाबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ अनुबन्ध कारोबार विस्तारमा सहायक हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। घरको सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूलाई उच्च शिक्षामा गुरुजनहरुबाट सहयोग मिल्नेछ। अरुको विश्वासमा आफ्नो कार्य नछोड्नुहोला। खर्चमा वृद्धि हुनेछ। कानुनी मामलाहरूमा सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ४ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

हाम्रो पात्रो बाट

Advertize US