ज्योतिषिका अनुसार आजका लागि ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् चैत्र महिनाको १७ गते आईतबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १७ चैत्र २०८१ आइतवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा रोकिएका काम प्रारम्भ हुनेछन्। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यको ध्यान राख्नुहोला। आम्दानी बढ्नाले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक 2 रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यक्रममा नेतृत्वको भूमिका निर्वहन गर्नुपर्ला। महत्वकांक्षी कार्यहरू योजनाबद्ध तरिकाले गर्नुहोस् सफलता मिल्नेछ। यात्रा सुखमय रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको तालमेल नमिल्दा योजनाहरू समयमा सम्पादन नहोला। अवसरवादीहरूबाट सावधान रहनुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सानो प्रयासले पनि लक्ष्य सम्म सजिलै पुग्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कानुन विपरीत कार्य नगर्नुहोला। राजकीय वा सामाजिक क्षेत्रबाट लाभ मिल्नेछ। आफन्तहरूको प्रिय समाचारले मन प्रसन्न रहनेछ। मेहनतले नयाँ अवसर दिलाउने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। फिजुलखर्ची बढ्नेछ। आफन्तहरू मध्य रमाइलो समय बित्नेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ६ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। शेयर बाजारबाट लाभ प्राप्त हुनेछ। नोकरी वा पेशामा लगनशीलताले अधिकारी वर्गहरूलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ। विद्यार्थी वर्गहरुलाई पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। गुमाएको स्थान प्राप्त गर्नाले आफ्नो बर्चस्व बढ्नेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक संसाधन जुटाउन सक्नुहुन्छ। दिगो लाभ हुने कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग पाइएला। नयाँ सम्पर्क बाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा बुद्धिको उपयोगले कार्यसिद्ध गर्न सकिनेछ। चिताएको कार्यसम्पादन हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। बच्चाहरुको स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा समयमा समाप्त गर्ने प्रयत्न गर्नुहोला। दिगो फाइदा हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट

Advertize US