बैतडीको दशरथचन्दमा नगरबस सञ्चालनको तयारी

Image
Nisarga Hospital

बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बस खरिद गरेर ल्याइसकिएकाले यही चैत २४ गतेदेखि सञ्चालनको तयारी भएको हो। दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताए। उनले भने, “बस खरिद गरेर ल्याइसकिएको छ ।

CP Hospital Dhangadhi

चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित सञ्चालन गर्नेछौँ।” नगर प्रमुख पुष्करराज जोशी आफ्नो चुनावी नारामा गरिएको प्रतिबद्धता अनुसार नगरबस सञ्चालनको तयारी गरेको बताए।

Attariya Hospital

बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उनले विश्वास व्यक्त गरे। उनका अनुसार उक्त बस काठमाडौँको सिपर्दी टेडिङ प्रालीले बोलपत्र आह्वानमार्फत रु ४३ लाख ९८ हजार २२९ मा खरिद गरिएको हो। न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिनेगरी नगरबस सञ्चालन हुनेछ। यसका साथै नगरका अन्य वडामा पनि साताको एक दिन सेवा दिनेगरी सञ्चालनको तयारी भइरहेको नगर कार्यालयले जनाएको छ।

nawajiwan