
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले निजी प्रयोजनका लागि दर्ता भएका (रातो नम्बर प्लेट) सवारी साधनमा यात्रु बोक्नेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ।

प्रहरी सहायक निरीक्षक विनोद कुमार बिष्टको सूचनाअनुसार, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ को उल्लंघन गरी यात्रु बोक्ने रातो नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिई थप कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पठाइने छन्।

यसअघि पनि बारम्बार जरिवाना गरिए तापनि यस्तो अवैध कार्य जारी रहेकाले यो कदम चालिएको हो।




















