ज्योतिषिका अनुसार आजका लागि ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् चैत्र महिनाको २१ गते बिहीबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – २१ चैत्र २०८१ बिहिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिजनहरूको सहयोगले बिगरिएको कार्य बन्नेछ। यात्रा अलि कष्टदायी रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोस् साथै पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुनेछ। समाजमा पद र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा शिक्षकको साथ र सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महत्वकाङ्क्षा पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ। मित्रहरूको साथ नमिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसंग घुम्ने योजना बन्ने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सम्बन्धमा चलिरहेको वाद विवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णय नलिनुहोला। मित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ मिल्नेछ। शुभचिन्तकहरूको सल्लाहलाई बेवस्था नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ। प्रयत्न गरेका कार्य सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यमा जग बसाउन अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुरुषार्थको कामले मनमा उत्साह जगाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान राहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा कार्यको सन्दर्भमा उच्चपदासीन व्यक्तिहरूको साथमा सम्पर्क बढ्नेछ। व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। नयाँ कार्यको थालनीमा पारिवारिक सहयोग मिल्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट

Advertize US