ट्रम्पको धम्कीका कारण रूसले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार, अब के होला त ?

Image
FILE PHOTO: U.S. President Donald Trump and Russia's President Vladimir Putin talk during the family photo session at the APEC Summit in Danang, Vietnam November 11, 2017. REUTERS/Jorge Silva/File Photo - RC1287F1C9B0
Nisarga Hospital

रूसले युक्रेनसँग युद्धविराम गर्न अमेरिकाले राखेको पछिल्लो शान्ति प्रस्ताव अस्वीकार गरेको छ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराममा ढिलाइ गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथिको आर्थिक नाकाबन्दी थप कडा पार्ने चेतावनी दिएका बेला रूसको यस्तो प्रतिक्रिया आएको हो।

CP Hospital Dhangadhi

पुटिनका विदेश नीति सल्लाहकार सर्गेई रियाबकोभले अमेरिकी प्रस्तावले रूसका प्रमुख मागलाई सम्बोधन नगरेको बताएका छन्। उनले भने, ‘हामी अमेरिकीहरूले प्रस्ताव गरेका मोडल र समाधानहरूलाई गम्भीरतापूर्वक लिन्छौं। तर यो प्रस्तावलाई वर्तमान अवस्थामा स्वीकार गर्न सक्दैनौं।’

Attariya Hospital

रियाबकोभका अनुसार अमेरिकी प्रस्तावले युद्ध सुरू हुनुका मूल कारणहरूलाई सम्बोधन नगरेको छ। पुटिनले बारम्बार नेटोको पूर्वी युरोपमा विस्तार, युक्रेनमा रूसीभाषीमाथि भएको कथित अत्याचार, युक्रेनको आन्तरिक राजनीतिमा पश्चिमी हस्तक्षेपलगायत विषयलाई द्वन्द्वका मुख्य कारण बताउँदै आएका छन्।

nawajiwan

युक्रेनको ऐतिहासिक रूपमा रूसभन्दा अलग अस्तित्व नै नरहेको दाबी गर्दै पुटिनले युद्धका कारणहरू सम्बोधन नभई युद्धविराम असम्भव रहेको बताएका छन्। यसैबीच, रूसले युद्ध रोक्न आनाकानी गरिरहेको ठानेर ट्रम्प असन्तुष्ट बनेपछि पुटिनका निकट सल्लाहकार किरिल डिमिट्रियभ अमेरिकाको भ्रमण गर्ने तयारीमा छन्।

# ट्रेण्डिङ