
कञ्चनपुर: कञ्चनपुरमा वयस्क हात्ती मृत फेला परेको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका- ३ बडुवाल टोल नजिक नेपाल–भारतको दशगजा क्षेत्रमा वयस्क हात्ती मृत फेला परेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले बताए ।

बिहिबार बिहान मृत फेला परेको हात्तीको मृत्युको कारण भने अनुसन्धान बाट पुष्टि हुने साहको भनाई छ ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज लगाएत विज्ञको टोली घटनास्थल पुगेको छ ।



















