
कलाकार राकेश भट्ट राजनले आफैलाई एउटा अध्यक्षको पात्र बनाएर आफ्ना गाउँ–समाजका अध्यक्षहरूको यथार्थ चित्रण प्रस्तुत गर्नुभएको छ। भिडियो हेर्दा उहाँको कलाकारिता र अन्तरवार्तामा दिएको जवाफले सबैलाई मनोरञ्जन दिएको छ।

त्यस्तै, कलाकार गौरव जोशीले पनि भट्टसँग गाउँ–समाजका गतिविधि र जनप्रतिनिधिहरुसम्बन्धी प्रश्नहरू गरेर गम्भीर विषयहरू उठान गर्नुभएको छ। समाजलाई हेर्दा अहिलेको अवस्था साँच्चिकै दुःखद बनेको छ।
राकेश भट्ट राजनको भिडियो अहिलेको सन्दर्भमा निकै सान्दर्भिक छ र सबै बाट राम्रो प्रतिक्रिया पाइरहेका छन् हामीले आफैंले चुनेका वडाध्यक्ष, मेयर, मन्त्रीहरूबाट समाजमा खासै विकास देख्न नसक्दा अब लाज, सरम र चिन्ता गर्नुपर्ने बेला आएको छ।


उहाँको भिडियोमा प्रतिक्रिया जनाउँदै पारस भट्ट ‘प्यासी’ लेख्नुहुन्छ:
“अब धामी, भरेडे वा आफूलाई गाउँ समाजका ठूला भलाद्मी ठान्नेहरूको भरमा निर्णय गर्ने जनप्रतिनिधि होइन, जनताको आवाज सुन्ने, व्यवहारिक राजनीतिक ज्ञानसहितका अलिकति पढे–लेखेका युवाहरूलाई अगाडि ल्याउनु जरुरी छ।”
समय बदल्नुपर्छ, सोच बदल्नुपर्छ।
हाम्रो नेतृत्व अब बुढो परम्परा होइन, नयाँ चेतनाले अघि बढ्नुपर्छ!

















