नेपाल खेलकुद महासंघ डोटीको अध्यक्षमा विनाडी सर्वसम्मत

Image
Nisarga Hospital

अत्तरिया : नेपाल खेलकुद महासंघ डोटीको अध्यक्षमा नवराज विनाडी सर्वसम्मत चयन भएका छन् । आइतबार जोरायल गाउँपालिकाको बुडरमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनले विनाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

CP Hospital Dhangadhi

उपाध्यक्षमा कृष्णा सिराडी,सचिवमा ढकबहादुर खत्री, उपसचिवमा जगदीश ओझा, दिपक पाण्डेय र कोषाध्यक्षमा देवीलाल उपाध्याय पनि सर्वसम्मत चयन भएका छन् ।

Attariya Hospital

सदस्यमा खेम बोहरा, पुरन धामी, हस्त बिक,धिरज रोकाया,मनबहादुर कपड्याल,दिपक बोहरा, दीर्घराज ओझा, गणेश मल्ल, राधिका टमटा,केशव विष्ट, गणेश कोली, शंकर पनेरू, बम साउद र बिरेन्द्र धामी चयन भएका छन् । संगठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दको प्रमुख आथित्यतामा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । चन्दले खेलकुदका माध्यमबाट एमाले पार्टी र नेतृत्वलाई सफल पार्न भूमिका खेल्न निर्देशन दिएका छन् ।

nawajiwan

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य चित्र भट्ट,सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्द, पार्टीका प्रदेश सचिवालय सदस्य तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गा जोशी, एमाले डोटीका सचिव पदम भट्ट लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।