ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् चैत्र महिनाको २७ गते बुधबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – २७ चैत्र २०८१ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा प्रतीक्षा गर्दा उत्साहजनक परिणाम मिल्नेछ। अध्ययन अध्यापनमा गुरुहरूको सहयोग मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन्। भविष्यलाई लिएर रूपरेखा कोरिनेछ। संगीत व कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ। भाई बहिनीहरूसँग समय व्यतीत हुनेछ। बच्चाहरूको समय खेलकूदमा बित्न सक्छ। सरकारी नोकरीमा अधिकारी वर्गहरूबाट आश्वासन पाइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजिक कार्यक्रममा उल्झेर समयमा कार्यसम्पादन नहोला। कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले अगाडि बढ्दा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धन आर्जनका लागि नयाँ बाटोहरू खुल्नेछन्। विश्वास गरेका मित्रजनहरूबाट सजग रहनुहोस्। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ७ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बचन दिने बानीले अप्ठ्यारो परिस्थिति उत्पन्न होला। फिजुल खर्च गर्नदेखि बच्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन राम्रो रहनेछ। नोकरी वा पेशामा समयमा कार्य सम्पादन हुनाले मन प्रशन्न रहनेछ। साँझको समय आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। कार्यक्षेत्र वा व्यापार व्यवसाय दुवैतिर आफ्नो कुरा राख्दा सही भाषाको चयन गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तजनहरूको भेटघाटले मन प्रसन्न रहनेछ। धर्मकर्ममा मन जानेछ। परिवार र मित्रजनबाट प्रेम वा साथ पाइनेछ। छोटो मिठो यात्राको योगछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा साझेदारसँग तालमेलमा कमी रहला सावधान रहनुहोस्। यात्रा गर्दा सजग रहनुहोस्। बोलीको विपरित अर्थ लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ला। आकस्मिक स्वास्थ्य समस्याले खर्च बढ्नेछ। सामाजिक कार्यमा उल्झेर घरपरिवारलाई समय दिन नसकिएला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट

Advertize US