परशुराम नगरपालिकाको पहल: कक्षा ११ का सम्पूर्ण विद्यार्थीलाई निःशुल्क शिक्षा (भिडियो सन्देश सहित)

Image
Nisarga Hospital

डडेल्धुराको परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

नगरप्रमुख भरत जोशीले मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भने, “अब परशुराम नगरपालिका भित्रका कक्षा ११ का सबै विद्यार्थीहरूका लागि पढाइ निःशुल्क हुनेछ। शुल्क नगरपालिकाले नै व्यहोर्नेछ।”

nawajiwan
Attariya Hospital

उनका अनुसार, हालसम्म विद्यार्थीहरूले कक्षा ११ मा अध्ययन गर्न ८ हजारदेखि ११ हजार रुपैयाँसम्म शुल्क तिर्नु पर्ने अवस्था थियो। नगरपालिकाको यो निर्णयले विद्यार्थी तथा अभिभावकहरूलाई उल्लेखनीय आर्थिक राहत मिल्ने विश्वास गरिएको छ।

जोशीले आगामी आर्थिक वर्षदेखि कक्षा १२ पनि निःशुल्क बनाउने तयारी भइरहेको जानकारी गराउँदै, नयाँ वर्षको अवसरमा सम्पूर्ण विद्यार्थीहरूलाई इमानदारीपूर्वक अध्ययन गर्न आग्रह गरे।

स्थानीय तहबाट सुरु गरिएको यस्तो नीतिगत कदमले सर्वसुलभ र समावेशी शिक्षाको मार्गमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।