पाँच वर्षपछि बाजुराका बाढीपहिरो तथा भूकम्पपीडितले तेस्रो किस्ता पाउने

Image
Nisarga Hospital

बाजुरा: बाजुराका बाढीपहिरो तथा भूकम्पपीडितले पाँच वर्षपछि मात्र बल्ल तेस्रो किस्ता रकम पाउने भएका छन् ।

CP Hospital Dhangadhi

बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएकालाई स्थानीय तहले १० प्रतिशत, प्रदेशले ३० र सङ्घीय सरकारले ६० प्रतिशत रकम दिने निर्णय भएको थियो । आर्थिक वर्ष २०७७/७८ सालदेखि उनीहरूले तेस्रो किस्ता रकम पाएका थिएनन् ।पहिलो किस्ता पचास, दोस्रो दुई लाख पचास हजार रकम पाए पनि उनीहरूले तेस्रो किस्ता रकम पाउन भने निकै समय कुर्नुपरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालय तथा अन्य विभिन्न निकायसँग रकम माग गरिरहँदा बल्ल पीडितले तेस्रो किस्ता रकम पाउने भएका हुन्। त्यसमध्ये हिमाली गाउँपालिकामा १२९ घरपरिवारले दुई करोड,चालिस लाख,स्वामीकार्तिक खापर गाउँपालिका १०६ जना परिवारले ४२ लाख, जगनाथ गाउँपालिकामा एक सय परिवारले २० लाख,गौमुलका ४८ जना परिवारले ९६ लाख, खप्तड छेडेदह गाउँपालिका ३२ परिवारले ५७ लाख बुढीगङ्गाका ८६ जना घरपरिवारले दुई लाख र बडीमालिकाका ३७ परिवारले ६४ लाख रुपियाँ गरेर बाजुराका ५३८ जना बाढीपहिरोपीडित घरपरिवारले छ करोड १३ लाख सत्तरी हजार रुपियाँ तेस्रो किस्ता रकम पाउने भएका छन् ।

nawajiwan

योभन्दा पहिला हिमालीका १२९, खप्तड छेडेदहका ३२, बुढीगङ्गाका ८६, बडीमालिकाका ३७ त्रिवेणीका दुई घरपरिवारले एक करोड ७५ लाख रुपियाँ पाइसकेका छन् । त्यसै गरी जगनाथ गाउँपालिकाका एक सय जना बाढीपहिरोपीडितले पहिलो किस्ता दुई लाख ७० हजार रुपियाँ पाइसकेका छन् ।भूकम्पपीडितको घरबासका लागि यहाँका नौ वटै पालिकाको खातामा रकम राखिदिएको छ भने बाढीपहिरोपीडितलाई वैशाख १० गते उनीहरूकै खातामा रकम राखिदिने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। पहिलो र दोस्रो किस्ता रकम पाएर घर निर्माण कार्य सुरु गरेका थियौँ ।

Attariya Hospital

तेस्रो किस्ता रकम घर निर्माणको काम सम्पन्न गरेर मात्र दिने भनेको थियो। हामीले घर निर्माणको काम सम्पन्न गरे पनि रकम भने नपाएको हिमाली गाउँपालिका बाढीपहिरोपीडित रमेश विकले बताउनुभयो। उहाँले भन्नुभयो, “योभन्दा पहिला पैसा कति बेला आउँछ भनेर स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय बाजुरालाई सोधपुछ गरेको भए पनि प्रदेश र सङ्घीय सरकारबाट रकम नआएको खबर आउँथ्यो । अहिले भने बाजुराका प्रमुख जिल्ला अधिकारी घरमै आएर तपाईंले पाउनुपर्ने पैसा आएको छ।केही दिनपछि पैसा तपाईंको खातामा जान्छ भनेपछि पाँच वर्षपछि बल्ल पैसा पाउने आशा पूरा भएको छ,” विकले बताउनुभयो।

यहाँ २०७७ सालदेखिका बाढीपहिरोपीडित धेरै छन् तर उनीहरूले लामो समयदेखि घरबासका लागि पाउनुपर्ने रकम पनि अझै

पाएका छैनन्। “२०८१ असोज १३ गते म यहाँ हाजिर भएपछि सबै बाढीपहिरो तथा भूकम्पपीडितको तथ्याङ्क सङ्कलन गर्ने काम गराएँ, त्यसपछि सोही तथ्याङ्क अनुसार वास्तविक पीडित यकिन गरेर उनीहरूका लागि गृह मन्त्रालय तथा अन्य सम्बन्धित निकायसँग लगातार रकम माग गरेपछि बल्ल रकम जिल्लामा आइपुगेको छ,”प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो।