कञ्चनपुरका दुई पालिकाको सहकार्यमा नयाँ दमकल खरिद गर्दै

Image
Nisarga Hospital

कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लागानीमा बिहीबार बेलौरी नगरपालिकामा बसेको संयुक्त बैठकले दमकल खरिद गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

अग्नि नियन्त्रक दमकल खरिदका लागी बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत र लालझाडी गाउँपालिकाले ३५ प्रतिशत खर्च बेहोर्ने गरी दमकल खरिद गर्न लागिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो।

Attariya Hospital

अध्यक्ष रानाका अनुसार आगलागीका ठूला ठूला घट्ना बाट धनजनको क्षति न्यूनीकरणमा मद्दत गर्नमा सहयोग होस् भनी बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका मिली दमकल खरिद गर्न लागिएको बताउनुभयो। खरिद गरेपश्चात दमकललाई दुवै पालिकालाई सहजै पहुँच पुग्ने स्थानमा राखिने समेत बताउनुभयो।

nawajiwan
Advertize US