‘पिताम्बर’ फिल्मको जम्बो टोली प्रदीप खड्कासहित धनगढीमा, दर्शकमाझ फिल्म हेर्ने कार्यक्रम

Image
Nisarga Hospital

चर्चित नेपाली कथानक चलचित्र पिताम्बर को प्रचारप्रसारका लागि नायक प्रदीप खड्कासहितको जम्बो टोली बुधबार साँझ धनगढी पुगेको छ। गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मको काठमाण्डौ प्रचारपछि टोली पश्चिम नेपालतर्फको भ्रमणमा निस्किएको हो।

CP Hospital Dhangadhi

फिल्म पिताम्बर को प्रमुख कलाकार प्रदीप खड्का, अनुप विक्रम शाही, निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान, कलाकार दिव्यदेव पन्तलगायतको टोली बुधबार साँझ धनगढी विमानस्थलमा अवतरण गर्दा चलचित्र पत्रकार विवेक नागरी र रंग पत्रकार दिनेश भण्डारीले स्वागत गरेका थिए। टोलीमा मिडिया कोर्डिनेटरको रूपमा कुमार आचार्य पनि सहभागी छन्।

फिल्म युनिटले बिहीबार धनगढीको एसटिएस सिनेमा हलमा दर्शकमाझ बसेर फिल्म हेर्ने कार्यक्रम आयोजना गर्ने जनाएको छ। फिल्मको फस्टलुक, टिजर र गीतमार्फत् निर्माण टिमले उत्सुकता बढाइरहेको बेला “पिताम्बर को हो?” भन्ने प्रश्न दर्शक र फिल्मकर्मीहरूबीच चर्चाको विषय बनेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक कृषा चौलागाईंको निर्देशन रहेको छ। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईजस्ता कलाकारको अभिनय रहेको छ।

बालकलाकारका रूपमा आर्नव घिमिरे, प्रयुष दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) पनि फिल्ममा देखिएका छन्।

फिल्ममा विशाल चौलागाईं निर्माता हुन् भने सहनिर्मातामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन्। कार्यकारी निर्माता सुमन गौतम हुन्।

पटकथा र संवाद प्रदीप भारद्वाज तथा अभिमन्यु निरवीले तयार पारेका हुन्। सिनेमाटोग्राफी पुरुषोत्तम प्रधानले सम्हालेका छन् भने छायांकनमा शेरबहादुर लामा र मानकृष्ण महर्जनको साथ रहेको छ। सम्पादन बन्दे प्रसादको, द्वन्द्व निर्देशन हिमाल केसीको, संगीत आशीष अविरल र बाबुल गिरीको रहेको छ।

Dhnagadhi & Krishanapur