
रमेश बहादुर सिंह/ बझाङ: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङको आयोजनामा स्थानिय जनतालाई जडिबुटी परिचयात्मक तथा स्वस्थ जीवनशैली परार्मस कार्यक्रम गरियको छ ।

कार्यक्रममा विभिन्न पालिकाका बैध महिला पुरुष हरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न आयुर्वेदिक जडिबुटीको प्रयोग, तिनका औषधीय गुणहरू, तथा घरेलु उपचारमा तिनको उपयोगबारे जानकारी प्रदान गरियको थियो ।


स्वस्थ जीवनशैली अपनाउन र आयुर्वेद उपचारको महत्व बुझ्न कार्यक्रम आवश्यक रहेको कार्यालय प्रमुख मिनराज पुरीले बताउनु भएको छ ।कार्यक्रममा सहभागीहरले स्थानीय जडिबुटीबारे थप ज्ञान प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङका कार्यालय प्रमुख मिनराज पुरीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नर बहादुर बोहरा रहनु भएको थियो ।कार्यक्रमको सन्चालन सुचना अधिकारि कृष्न कठायतले गर्नु भएको थियो ।





























