बैतडीको सिगास स्थित गाँजरी स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिकामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा सिगास गाउँपालिकाको समन्वयमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाले सूचना निकालेर जानकारी गराएको छ ।

CP Hospital Dhangadhi

गाउँपालिकाको वडा नं. २ स्थित गाँजरी स्वास्थ्य चौकीमा वैशाख १७ गते १ दिन मानसिक स्वास्थ्य, नसर्ने रोग, प्रजनन स्वास्थ्य, मुख तथा दात सम्बन्धि चेक जाँच शिविर संचालन हुने भएको गाँजरी स्वास्थ्य चौकी प्रमुख तथा जनस्वास्थ्य निरीक्षक विरेन्द्र सिंह क्षेत्रीले जानकारी दिनुभयो ।

nawajiwan
Attariya Hospital

शिविरमा चिकित्सकबाट बिरामी जाँच निदान, उपचार तथा प्रेषण, डर चिन्ता लाग्ने, दिक्क लाग्ने, निद्रा नलाग्ने, धेरै निद्रा लाग्ने, आत्महत्याको भावना तथा निराश हुने, लगायत मानसिक समस्याको निदान तथा उपचार, उच्चरक्तचाप, मधुमेह जाँच तथा औषधि वितरण, पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच तथा पाठेघर खस्ने समस्याको पहिचान तथा व्यवस्थापन, यौन रोग तथा तल्लो पेट दुख्ने, महिनावारी सम्बन्धि समस्याको जाँच, निदान तथा उपचार र निशुल्क औषधि वितरण लगायतका सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

सिगास गाउँपालिका भित्रका सम्पूर्ण सेवाग्राहीले समयमै आफ्नो स्वास्थ्य चेक जाँच गरी स्वास्थ्य सेवा लिन हुन गाउँपालिकाले अनुरोध गरेको छ ।