बैतडीमा प्राविधिक कर्मचारीमाथि हातपात, सेवाहरु बन्द

Image
Nisarga Hospital

बैतडीको पुर्चौंडी नगरपालिका–१ मा निर्माणाधीन चिस्यान केन्द्रको प्राविधिक अनुगमनका क्रममा उपभोक्ता समितिका अध्यक्ष विरबहादुर गडालले नगरपालिकाका प्राविधिक कर्मचारी केशवबहादुर ऐरमाथि हातपात गरेका छन्।

CP Hospital Dhangadhi

सोमबार घटेको घटनामा गडालले प्राविधिक शाखा प्रमुख जगदीश भण्डारी, सव–इन्जिनियर चक्रबहादुर गुर्धामी र सव–इन्जिनियर राकेश बममाथि समेत अभद्र गालीगलौज गरेको आरोप लागेको छ।

उक्त समयमा नगर प्रमुख दीपकबहादुर बम, वडा नं १ का अध्यक्ष गणेश गडाल तथा अन्य जनप्रतिनिधि पनि घटनास्थलमा उपस्थित थिए। कर्मचारीमाथि सार्वजनिक रूपमा भएको दुव्र्यवहारप्रति आक्रोशित भएका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।

nawajiwan
Attariya Hospital

मंगलबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुले दोषीमाथि कारबाही नभएसम्म नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्। घटनाबारे लिखित जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले स्थानीय प्रहरीमा उजुरी पनि दिइसकेका छन्। तर, दोषी अहिलेसम्म पक्राउ नपरेको गुनासो गरेका छन्।

कर्मचारीहरुले घटनाको निष्पक्ष छानबिन र आवश्यक कानुनी प्रक्रिया पूरा नभएसम्म काममा नफर्किने अडान लिएका छन्। सेवाग्राहीमा पर्न गएको असरप्रति क्षमाप्रार्थी हुँदै उनीहरुले विज्ञप्तिमार्फत माफी मागेका छन्।

यस घटनाबारे नगर प्रमुख दीपकबहादुर बमले छानबिन गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। उनले कर्मचारीको सुरक्षाका लागि नगरपालिका गम्भीर रहेको बताएका छन्।

# ट्रेण्डिङ