ज्योतिषिका अनुसार आजका लागि यी ८ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् वैशाख महिनाको १७ गते बुधबारकाे दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १७ बैशाख २०८२ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा तपाईँको बोलिले ठूलो कार्य सम्पादन हुनेछ। सांस्कृतिक विवाह आदि कार्यक्रमहरूमा सहभागी भइएला। शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले कार्यक्षेत्रमा उत्साह जाग्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुराना टाडीएका इष्टमित्रहरूसँग भेटघाटका योगछन्। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई शैक्षिक कार्यमा कठिनाइ महसुस हुनेछ। नोकरी वा कारोबारमा वातावरण अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खर्चमा अधिकताले मन शान्त रहनेछ। कार्यक्षेत्रमा लापरवाह नहुनुहोला। शिक्षाको क्षेत्रमा भाग्यले साथ दिनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा जग्गा जमिनका मुद्दा मामलाहरू सुल्झिनेछन्। पारिवारिक जीवनमा शुभ समाचार सुन्न मिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नँया कार्यको थालनीले मन उत्साहित रहनेछ। छरछिमेकीसँगको वादविवादबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा कामको मेसो नमिल्दा समय र अवस्था मा पछि परिएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आकस्मिक नयाँ कार्यको योजना बन्नेछ। घरायसी कामधन्धामा खट्नुपर्ला। आत्मबलमा कमी आउनेछ वा निर्णय लिनु भन्दा अघि भगवानलाई स्मरण गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ। लगनशीलताले कार्य पूरा गर्न सकिनेछ। मनपर्ने वस्तु अलंकार वा उपहार पाइने योग छ। आर्थिक पक्ष सबल रहनेछ। सरकारी कर्मचारीहरूको कार्यक्षेत्रमा सरूआको योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिमारीहरूबाट मुक्ति मिल्नेछ। आर्थिक मामलाहरूमा ध्यान दिनुहोला। कार्यक्षेत्रमा हजुरको कार्यशैलीको प्रशंसा हुनेछ। पारिवारिक जीवनमा सम्बन्धलाई बेवास्ता नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतियोगी प्रतिक्षामा सफलता मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। परिवारमा इष्टमित्रको सहयोगले धन कमाउने नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। कारोबारमा दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला। समस्यालाई आफूभित्र राख्नुभन्दा घरपरिवारमा भन्नुहोस् समाधान निक्लिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन हुनेछ। मेहनतले आयस्रोत बढाउन सकिनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सामाजिक वा धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पठनपाठनमा र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। अरूको उपकारमा मन लाग्नेछ। राज्य पक्षको प्रशासनबाट सहयोग मिल्नेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट